ओली कमजोर भएकैले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरे : वर्षमान पुन

रोल्पा । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन (अनन्त)ले एमाले अध्यक्ष केपी ओली कमजोर भएकैले कमल थापा, परिवार दल र कांग्रेसले पार्टीबाट निकालेका गोविन्दराज जोशीसँग चुनावी गठबन्धनग गरेको बताएका छन ।

ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन उनको टिप्पणी छ ।

‘उहाँ पाँच दलसँग एक्लै लड्छु भनेर हुँकार गर्ने व्यक्तिले राजावादीसँग गठबन्धन गर्नुभएको छ । कसैले नामै नसुनेको, संविधानले चिन्दै नचिनेको परिवार दललाई लिएर गठबन्धन गर्नुभएको छ । कांग्रेस पार्टीले कारबाही गरेको तनहुँतिरका एकजना नेतालाई एउटा दल मानेर गठबन्धन गर्दै हुनुहुन्छ’ पुनले भने, ‘उहाँ क्विन्टलको कुरा गर्दै हुनुहुन्थ्यो, अहिले एक/एक ग्राम खोज्दै हुनुहुन्छ र एक किलो पुर्‍याउनका लागि कोसिस गर्दै हुनुहुन्छ ।’

मुलुकलाई प्रतिगमनमा लैजान दुई पटकसम्म संसद विघटन गरेकाले ओली र उनको दल एमालेलाई जनताले दण्डित गर्ने उनले दाबी गरे ।

शनिबार, २४ बैशाख, २०७९, बिहानको ०९:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर