दुहबीमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप

विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । स्थानीय तह निर्वाचनको प्रचार प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा झडप भएको हो ।

दुहबी नगरपालिका ९ को छाताबेली चोकमा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीले ज नाएको छ । काङ्ग्रेस वडा अध्यक्ष उम्मेदवार मेहदी हुसेनको घर आसपास एमाले उम्मेदवार ताबिज हुसेनको टोलीले ठूलो आवाजमा डिजे बजाएको भन्दै विवाद सुरु भएको थियो ।

विवादपछि आक्रोशित काँग्रेस कार्यकर्ताको भिडले साउण्ड सिस्टमा राखिएको गाडीमा तोडफोडपछि झडप भएको हो । झडपछि घटनास्थलमा भेला भएको भिडलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अवस्था सामान्य बनाउन दुवै पक्षलाई छलफलमा बोलाएको स्थानीय प्रशासनले जनाएको छ ।

शुक्रबार, २३ बैशाख, २०७९, दिउँसोको ०३:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर