लोड हुँदैछ...

मेनु

सत्ता गठबन्धनका शीर्ष नेताले भरतपुरको चुनावी सभालाई सम्बोधन गर्ने

सत्ता गठबन्धनका शीर्ष नेताले भरतपुरको चुनावी सभालाई  सम्बोधन गर्ने

विराटनगर । सत्ता गठबन्धनका शीर्ष नेताले चितवनको भरतपुर महानगरपालिकामा चुनावी सभालाई आज सम्बोधन गर्ने भएका छन । बिहीबार(आज) मध्यान्ह १२ गते हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन ।

छन् । भरतपुरमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने छन् ।

 

उक्त सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने जनाइएको छ । काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सभालाई सम्बोधन गर्न काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल बुधबार नै चितवन पुगिसकेका छन् ।

 

चितवनका सबै पालिकामा गठबन्धन चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएको छ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । तर काँग्रेसकै असन्तुष्ट पक्षले मेयरमा जगन्नाथ पौडेललाई बागी उम्मेदवार खडा गरेको छ ।

गठबन्धनका शीर्ष नेताले पौडेलको उम्मेदवार फिर्ताका लागि प्रयास गरेपनि उनी ब्याक हुन तयार भएनन् । पौडेलले भुइँकटहर चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्दै छन् । यता एमालेले भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाका हिमला गुरुङ मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।