बहुमत केन्द्रीय सदस्यले महासचिब विप्लवलाई बर्खास्त गरे

काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्रोही पक्षले पार्टीका महासचिब विप्लबलाई महासचिबबाट बर्खास्त गरेको छ ।

विप्लबले नेताद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई कार्वाही गरेको घोषणा गरेपछि बुधबार चितवनमा भएको पार्टीको भेलाले महासचिव विप्लवलाई बर्खास्त गरेको हो ।

भेलाले विप्लबलाई पार्टीबाटै र प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पदबाट हटाउने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीकाअनुसार बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई जिम्मेवारी दिएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयपिरित विप्लब र विश्वकर्माले स्थानीय चुनावमा पार्टीलाई सहभागी गराएकोले कार्वाही गरेको लोहनीको भनाइ छ ।
पार्टी केन्द्रीय समिति सदस्यको बहुमतले विप्लबलाई हटाएकोले उनले अरुलाई कार्वाही गरेको प्रचार अर्थहिन भएको उनको भनाइ छ ।

बिहीबार सकिने ओली–बाँस्तोला पक्षको भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको छ । स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारवाही गर्नेसम्म पुगेको हो । यसअघि पार्टीको नीति विपरीत गएको भन्दै विप्लवले नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए ।

बुधबार, २१ बैशाख, २०७९, दिउँसोको ०१:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर