पूर्वी नवलपरासीमा कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप,६ जना घाइते

विराटनगर । पूर्वी नवलपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

मोटरसाइकल र गाडीमा आएका एमाले कार्यकर्ताले हुप्सेकोट गाउँपालिकामा अध्यक्ष कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानामाथि आक्रमण गरेको आरोप कांग्रेसले लगाएको छ ।

लक्ष्मीदेवी निवर्तमान गाउँपालिका अध्यक्ष पनि हुन्।

झडपमा परेर कांग्रेस र एमालेतर्फ गरी ६ जना घाइते छन्। उनीहरूलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।

यस्तै उम्मेदवार पाण्डे सवार स्कारपियो गाडीका सीसा पनि फुटाइदिएका छन्।

चुनावी प्रचारको कार्यक्रम सकेर फर्कने क्रममा आफ्ना उम्मेदवारहरूमाथि लाठी, खुकुरीलगायतले आक्रमण भएको कांग्रेस नवलपरासी पूर्वले जनाएको छ।

एमालेले भने कांग्रेसले आफ्ना कार्यकर्तमाथि आक्रमण गरेको दाबी गरेको छ।

बुधबार, २१ बैशाख, २०७९, बिहानको १०:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर