विराटनगरमा लालटिनधारीको अघोषित एकता

विराटनगर । विराटनगर महानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनमा २४ जना उम्मेदवारहरु लालटिन चुनाबचिन्ह लिएर मैदानमा उत्रिएका छन् ।

स्वतन्त्र रुपमा चुनाबी मैदानमा उत्रिएका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुले एउटै चिन्ह पाएपछि उनीहरुबीच अघोषित रुपमा सहकार्य गरेर प्रचार अभियानमा लागेका छन् ।

लालटिन लिएर महानगरको उपमेयरको उम्मेदवार बनेकी नमिता न्यौपानेले लालटिन चिन्हमा धेरै उम्मेदवार हुनु संयोग मात्र भएको बताउँदै आफूहरुको गठबन्धन नभएको बताएकी छन् । उनले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा यसो भनिरहँदा विराटनगर १४ मा स्वतन्त्र उम्मेदवार बनेका लालटिन चिन्ह लिएका बबुवा तामाङले भने लालटिन चिन्ह लिएका मेयरका उम्मेदवार उमेश यादव र उपमेयरका उम्मेदवार न्यौपानेसहितको प्रचार सामाग्री बनाएर चुनाबी अभियान चलाइरहेका छन् ।

जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट विद्रोहर उम्मेदवार बनेका यादव र न्यौपानेले लालटिन चिन्ह लिएपछि धेरै स्वतन्त्र उम्मेदवारले पनि सो चिन्ह रोजेका थिए । अन्य दलका उम्मेदवारले चुनाबी प्रचारमा झण्डा बोकेर हिँड्ने गरेकोमा लालटिन चिन्ह लिएका उम्मेदवार र समर्थकहरूले भने लालटिन नै बोकेर हिँड्ने गरेका छन् ।

यसअघिको निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धन गरेका यादव र न्यौपानेले एउटै चुनाव चिन्ह लालटिन पाएपछि धेरैले विराटनगरको तेस्रो दल भएको दाबी गर्न थालेका छन् ।

सोमबार, १९ बैशाख, २०७९, साँझको ०७:२२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर