उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रको निर्देशन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १ नम्बर प्रदेश कमिटीले गठबन्धनको निर्णय विपरित बागीको रुपमा स्वतन्त्र उम्मेदवारी दिएका सबैलाई उम्मेदवाारी फिर्ता लिन निर्देशन दिएको छ ।

गठबन्धन व्यवस्था रक्षाको लागि अपरिहार्य भएको भन्दै केही स्थानीय तहमा पार्टीका नेता कार्यकर्ताहरुबाट स्वतन्त्र उम्मेदवारी परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत माओवादी केन्द्रले जनाएको छ ।

प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ र सचिव गणेश उप्रेती सुशीलले बिहीबार प्रेस विज्ञप्ति जारी गरी पार्टीले तोकेको आधिकारिक उम्मेदवारबाहेक स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने नेता तथा कार्यकर्ताहरुलाई शुक्रबार साँझ ४ बजेभित्र फिर्ता लिन निर्देशन गरिएको छ ।

माओवादी केन्द्रले पार्टीको निर्देशन अवज्ञा गर्दै उम्मेदवारी कायम राखेको खण्डमा अनुशासनको कारवाहीको भागिदार हुनुपर्ने चेतावनी पनि दिइएको छ ।

 

बैशाख १५, २०७९, साँझको ०७:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर