लोड हुँदैछ...

मेनु

पथरी बहुमुखी क्याम्पसको निर्वाचनमा चार दलको संयुक्त उमेद्वारी घोषणा

पथरी बहुमुखी क्याम्पसको निर्वाचनमा चार दलको संयुक्त उमेद्वारी घोषणा

मोरङ । मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचनमा सरकार गठबन्धनमा रहेका चार दलले संयुक्त उमेद्वार उठाउने भएको छ ।

क्याम्पस सञ्चालक परिषदको चुनावी साधारण सभा सुक्रबार र शनिबार हुँदैछ । उक्त निर्वाचनमा सरकार गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले संयुक्त प्यानल उठाउने भएका छन् ।

चार दलीय संयुक्त प्यानलले अध्यक्षमा नेकपा एसका दीपक बस्नेत, उपाध्यक्षमा माधव कोइरालालाई उमेद्वार बनाउने निर्णय भएको सुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । अध्यक्षका उमेद्वार बस्नेत पथरी उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष र कोइराला नेपाली कांग्रेसका नेताहुन् ।

अध्यक्ष, उपाध्यक्ष र सदस्यहरु १४ र लेखा संयोजकसहित ३ गरी १७ पदमा निर्वाचन हुन्छ । लेखा समितिको संयोजकमा माओवादी केन्द्र र सदस्यहरुमा चार पार्टीले संयुक्त उमेद्वारी उठाउने निर्णय भएको नेकपा ९एस०का जिल्ला उपाध्यक्ष चण्डीप्रसाद राईले बताए । सदस्यहरुमा खुल्ला आठ र महिला चार जना रहने व्यबस्था छ । क्याम्पसमा ३१७ जना सदस्य रहेका छन् ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नगर सभापति रुपनाराण भट्टराई, माओवादी केन्द्रको नगर उपाध्यक्ष प्रेम ढकाल, जनता समाजवादी पार्टीका फिपराज बेघा, नेकपा ९एस०का नगर अध्यक्ष तुलशी ढकाल, अध्यक्षको उमेद्वार दीपक बस्नेत, उपाध्यक्ष माधव कोइराला लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष र उपाध्यक्षको उमेद्वारहरुले आफ्नो प्यानलले जितेमा क्याम्पसमा हुँदै आएको अनियमिता नियन्त्रण गर्ने र क्याम्पसलाई उच्चाइमा पु¥याउने बताए ।

२०६४ सालमा स्थापित भएको क्याम्पस सञ्चालक समितिको अध्यक्ष पार्टीगत हिसाबले हेर्दा एमाले नेतृत्व गर्दै आएको थियो । यस अघि मोहन तुम्बापोले दुई कार्यकाल र मोहन न्यौपानेको दुई कार्यकाल सकिदै छ । स्थापना कालमा मोहन तुम्बापोलाई सर्वसहमत अध्यक्ष चयन भएका थिए भने मोहन न्यौपानेले एक कार्यकाल निर्वाचन जितेर अध्यक्ष बनेका थिए ।
पछिल्लो कार्यकाल भने नेपाली कांग्रेस सम्बद्ध सदस्यहरुले बहिस्कार गरेको थियो । कांग्रेसले बहिस्कार गरेपछि एमाले, माओवादी केन्द्र समितिमा रहेका थिए ।

पथरी क्याम्पस सञ्चालक समितिको उपाध्यक्षसमेत रहेका माओवादी केन्द्रका नगर इन्चार्ज दिनानाथ तिम्सिनाले पत्रकार सम्मेलनमा एमाले २५ जनाजति सदस्य लाग्ने रकम नतिरी सदस्य बनाएको बताए । आफूलाई थाहै नदिइ एमालेले यस्तो कार्य गर्दै आएको तिम्सिनाको भनाइ थियो ।

नेपाली कांग्रेसका सभापति रुपनारायण भट्टराईले एमाले कसैलाई नेतृत्व दिन नचाहने बताए । पथरीमा अब एमालेको दासत्व स्वीकार्न नसकिने भट्टराईको भनाइ थियो । भट्टराईले अक्ष कोष राखेर क्याम्पस चलाउने उदेश्यले सबै मिलेर यज्ञ लगाएर एक करोड २२ लाख संकलन गरेपनि उक्त रकम उदेश्य अनुरुप नचलाएको बताए । यो प्यानलले जितेमा २०६५ सालदेखिको हिसाब खोजिने उनले बताए ।

कार्यक्रममा चण्डीप्रसाद राईले क्याम्पसको हिसाव गञ्जागोल रहेको बताए । राईले नयाँ अठोटको साथ संयुक्त प्यानललाई जिताउनु सम्पूर्ण सदस्यहरुलाई आव्हान गरे । क्याम्पसमा ३१७ जना सदस्य मध्ये नेपाली कांग्रेसको ४७, माओवादी केन्द्रको ३४, नेपका ९एस०को २८, जसपा सम्बद्ध ७ गरी ११६ र स्वतन्त्र २५ जनाजति रहेको बुझिएको छ ।

नेकपा एमालेले भने रामकुमार बस्नेत अध्यक्ष र नोवलकिशोर खनाललाई उपाध्यक्षमा उठाउने तयारी गरेको बुझिएको छ । बस्नेत एमालेको १ नं।प्रदेश समिति सचिवालय सदस्य हुन् । खनाल वाल्मीकी बोर्डिङ स्कुल सञ्चालक हुन् ।

एमालेसँगको छलफलमा पार्टीले चार कार्यकाल अध्यक्ष चलाएकोले कांग्रेसका रुपनारायण भट्टराई वा नेकपा ९एस०का चण्डीप्रसाद राईलाई अध्यक्ष मानेर सर्वसहमत गर्न पहल गर्दा नमानेपछि चिर्वाचनमा जानुपरेको कांग्रेसका एक नेताले बताए ।

निर्वाचन प्रकृयाको लागि आज ९सुत्रबार० मनोनयन दर्ता २ बजेसम्म, उमेद्वारी फिर्ता, भोली ९शनिबार० १० देखि ११ बजेसम्म र मतदान १ देखि ५ बजेसम्म चुनावी कार्यक्रम सार्वजनिक गरेको निर्वाचन आयुक्त अर्जुन बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।