विराटनगर । प्रेस सेन्टर नेपालले खोटाङमा पालिका शाखा विस्तार गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शाखा कमिटी गठन गरिएको हो ।
पालिका तहमा रहेर क्रियाशील पत्रकारहरुको भेलाले सुमन हिङमाङको अध्यक्षतामा १५ सदस्यीय पालिका समिती गठन गरेको हो । भेलाबाट उपाध्यक्षमा परिता तामाङ, सचिवमा वर्षा राई, सहसचिवमा जोसन पोखरेल र कोषध्यक्षमा ममता राई निर्वाचित भएका छन् ।
यसैगरी सुमन आचार्य, कमला हिङमाङ, पविना श्रेष्ठ, पविन्द्र राई, सुजता राई, जुनिता राई सरस्वती राई र गौतम राई सदस्यमा निर्वाचित भएको प्रेस सेन्टर नेपाल खोटाङले जनाएको छ ।
भेलाले दिक्तेल रुपाकोटमा चैत १८ र १९ गते दुई दिने आधारभूत पत्रकारिता प्रशिक्षण तालिम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

