लोड हुँदैछ...

मेनु

कर्णद्वारा मेयर पदमा उम्मेदवारी घोषणा

कर्णद्वारा मेयर पदमा उम्मेदवारी घोषणा

विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तेजलाल कर्णले आगामी स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि उममेदवारी घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जसपाका कर्णले महानगरको मेयर बन्न चाहेको उल्लेख गरेका हुन् । ‘एकात्मक राजतन्त्रात्मक व्यवस्था अन्त्य भएर देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ तर जनताका समस्या ज्यूँका त्यूँ छ । २८ वर्ष लामो राजनीतिक सामाजिक जीवनमा व्यक्तिगत लाभभन्दा बढी जनताको सेवामा निरन्तर लागिनै रहेको छु । अब जनताको सेवा गर्न जनप्रतिनिधि भएर काम गर्ने इच्छा छ । तसर्थ अब आउने स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा रहेर जनताको सेवा गर्ने इच्छा राखेको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।