झापा । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस इलाका प्रहरी कार्यालय धुलाबारीले पनि विभिन्न कार्यक्रम गरि मनाएको छ ।
ईलाका प्रहरी कार्यलय धुलाबारी सहित मेचिनगर नगरपालिका वडा नम्बर १०, सामुदायिक प्रहरी सेवा केन्द्र धुलाबारी, साना हात नेपाल र आफन्त नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरि नारी दिवस मनाईएको हो ।
मेचिनगर नगरपालिका वडा १० धुलाबारी चोकबाट र्याली निकाली शिशु स्याहार स्कुलमा पुगि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न आमा समूह, प्रगतिशील युवा क्लव, विभिन्न पेशाकर्मी, ब्यवसायी र उद्यमी महिलाहरुको सहभागीता रहेको थियो ।
सोही कार्यक्रममा अटो र सिटि रिक्सा चलाइ जिविकोपार्जन गर्ने समाजका उदाहरणिय ५ जना महिलाहरुलाइ सम्मान पत्र प्रदान गरिएको थियो
” सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ आज विश्व भर ११२ औं अन्तर्राष्ट्रिय नारि दिवस मनाईएको छ ।

