विराटनगर । समाज सेवा र मानव अधिकारमा महिला युवा सशक्तिकरण (वेसर) को आयोजनामा बालबालिकाहरुलाई अन्लाईन यौन दुव्र्यवहारबाट सुरक्षीत राख्न मन्त्रालय स्तरीय छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार मुख्य मन्त्रि तथा मन्त्रिपरिषद्को कार्यलयमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले भविष्यका कर्णधार बालबालिकाहरुलाई कुलतमा फस्न नदिने जिम्मेवारी समाजका सबै अंगहरुको भएको बताएका छन् । आजका बालबालिकाहरुनै भोली देश बनाउने कर्णधार भएकाले आज उनिहरुलाई सबै खाले दुव्र्यसनीबाट जोगाउन जरुरी रहेको उनले जोड दिए । मुख्यमन्त्री राईले बालबालिकाहरुलाई यस्ता सबै प्रकारका कुलत र दुव्र्यसनीबाट जोगाउने प्रमुख दायित्व राज्य र सरकारको भएपनि सबै ठाउँमा सरकारको उपस्थिति पुग्न नसक्ने भएकाले समाजका सबै अंग र संस्थाहरुको मुहत्वपुर्ण भुमिका हुने उल्लेख गरे ।
वर्तमान अवस्थामा बढ्दै गएको अन्लाईन बाल यौन दुव्र्यवहारलाई नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालय स्तरीय र सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम गरिएको वेसरका अध्यक्ष भावना एर नेम्बाङले बताईन । वेसर महिला तथा बालबालिका साथै मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था हो ।
यस्ले हाल मधेस प्रदेश,बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशका विभिन्न जिल्लामा काम गर्दै आईरहेको छ । सकरात्मक सहयोग र प्रतिक्रिया आए प्रदेश एकमा पनि महिला, बालबालिका तथा मानव अधिकारको क्षेत्रमा काम गर्ने चाहाना रहको अध्यक्ष एर नेम्बाङले बताईन । कार्यक्रममा सामाजिक राज्य मन्त्रि बिष्णुमाया तुम्बाहाम्फे , प्रदेश सभा उपसभामुख सरस्वति पोख्रेल , सासंद कुसुम श्रेष्ठ र नारायण बुर्जा मगर साथै सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

