सुनसरी  । आज मार्च आठ अर्थात् ११२ औं अन्तराष्ट्रिय नारी दिवस “सामाजिक न्याय, लैंगिक समानता, दिगो विकासको शुनिश्चितता” भन्ने नारा सहित विश्वभर मनाईदैं छ । यसै अन्तरगत सुनसरीको रामधुनीनगरपालिले ११२ औं अन्तराष्ट्रिय नारी दिवस विभिन्न सचेतनामुलक कार्यक्रमसहित मनाएको छ ।

नारासहित कार्यक्रममा सामाजिक न्याय, लैगिंक समानता, दिगो विकासको शुनिश्चितता भन्ने नारा तथा प्लेकार्ड सहित स्थानीय जनप्रतिनिधि, महिला अधिकार कर्मी, सामाजिक संघ संस्था, बिद्यालयका शिक्षक शिक्षिका सहितको उपस्थितिमा नगर परीक्रमा रयाली, महिला श्रमिकहरुको सहभागितामा कुर्सी घुमाई खेल, शोषण र दुव्र्यवहारको प्रतिक हण्डि फुटाउने खेल, कार्यक्रमको बिषय बस्तुमा कार्यपत्र प्रस्तुति र बिद्युतीय सवारी चालक महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।

नगरपालिका कार्यलय, झुम्का जेसिज, लायन्स क्लब अफ रामधुनी सिटि, नगर महिला संजालको संयुक्त आयोजनामा संचालन गरिएको उक्त कार्यक्रमले रामधुनी नगर क्षेत्रमा बिद्युतिय सवारी संचालन गर्ने महिला चालकहरुलाई खादा तथा प्रमाण पत्र सहित सम्मान गरेको थियो । झुम्का जेसिजका अध्यक्ष द्धारिका घिमिरेले सामाजिक न्याय, लैंगिक समानता, दिगो विकासको शुनिश्चितता बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुतिका क्रममा घिमिरेले बढ्दो सुचना प्रविधि र बैदेशिक रोजगारीको पहुच बृद्धि हुनुको सकारात्मक प्रभाव सगै प्रविधिका माध्यमबाट हुने घटनाक्रम प्रति सचेतना अभावको कारण महिला तथा बालबालिकाहरुमा नकारात्मक प्रभाव स्वरुप तनाव, मानसिक चिन्ता तथा अन्तरव्यत्ति सम्बन्धहरुमा दरार आएर अकल्पनीय अवस्था देखा पर्ने घटनाक्रमहरु बृद्धि भएको, जलवायु परीवर्तनका प्रभावहरुले विभिन्न प्रारुपमा सामाजिक समानताको लक्ष्य हासिल गर्न चुनौति सिर्जना गरेको तथा आन्तरीक र बाह्य बसाई सराईका कारण निम्न आय भएका परिवारका महिला, बालबालिकाहरु स्वदेश वा बिदेश दुवै क्षेत्रमा जोखिम पुर्ण श्रममा संलग्न क्रम बढ्दा लैंगिक असमानता र दुव्र्यहारका घटनाहरु बृद्धि हुदै गएका उदाहरणहरु प्रस्तुत गरेका थिए ।

रामधुनी नगरपालिकाकी उपमेयर सविना चौधरीको सभापतित्वमा संचालित कायर्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर थापा सहित उपस्थित वक्ताहरुले दिवसको सन्दर्भमा आफ्नो धारणा सहित कार्यपत्रमा टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा रामधुनी नगर क्षेत्रका २ सय ३५ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट सहभागीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । सहभागिहरुले महिला अधिकार तथा सामाजिक समानता शिर्षकमा कविता तथा गजल समेत प्रस्तुत गरेका थिए ।