लोड हुँदैछ...

मेनु

न्यूरोद्धारा पाँच महिला सम्मानित

न्यूरोद्धारा पाँच महिला सम्मानित

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरो हस्पिटलले पाँच जना महिलालाई सम्मान गरेको छ । विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरि समाजमा योगदान पु¥याउने उदाहरणीय पाँच जना महिलाहरुलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा सुनसरीको इटहरीस्थित माया घरकी राधिका दासी, विराटनगरकी अन्तर्राष्टिय महिला क्रिकेट अम्बिका बुढोथकी र लक्ष्मी चौलागाइ, नर्सिङ सेवामा लामो समयदेखि कार्यरत मेनुका भण्डारी, एक खुट्टाले नृत्य गर्ने निलम ढुंङगनालाई सम्मान गरियो ।

सम्मानित भएका महिलाहरुलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले सम्मान गरेका थिए ।

न्यूरोले लियो क्बल अफ विराटनगर महानगर तथा लायन्स क्लब अफ विराटनगर शुभम सँगको सहकार्यमा नारी दिवस मनाएको हो । सोही अवसरमा मंगलबार विहान सचेतना मुलक ¥याली पनि निकालिएको थियो । ¥यालीमा अस्पतालका महिला कर्मचारीहरु, विद्यार्थी, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

अस्पताल परिसरदेखि सुरू हुने सचेतना मुलक ¥याली नगर परिक्रमा गर्दै अस्पताल नजिक रहेको सिटी प्यालेसमा आएर कार्यक्रममा भएको थियो । कार्यक्रममा प्रदेश सांसद बिन्धिया कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुणकुमार बिसी, न्यूरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेद्र कुमार विष्ट, प्रसूती तथा स्त्री रोग विशेषज्ञ प्रोफेसर डा. शैलजा क्षेत्री श्रेष्ठ, लयान्स क्लब अफ विराटनगर सुभमको अध्यक्ष बीनिता कार्कीलगायतले बोलेका थिए ।

नारी दिवसको अवसर पारेर अस्पतालको विभिन्न सेवाहरुमा एक महिनासम्म छुट पनि दिएको छ । १७ फागुनदेखि चैत १७ गतेसम्म अस्पतालको विभिन्न सेवाहरुमा एक महिनासम्म छुट दिने भएको हो । महिलाहरुको सम्मान स्वरुप अस्पतालले एक महिनासम्म प्रसूती तथा स्त्री रोग ओपिडी सेवा निःशुल्क जाँच हुनेछ ।

प्रसूती तथा स्त्री रोगको जाँचमा २५ प्रतिशत छुट रहनेछ । पाठेघरको मुख सम्बन्धी क्यान्सर जाँच निःशुल्क हुने अस्पतालले जनाएको छ । एक महिनामा ५० जना महिलाको पाठेघर सम्बन्धी क्यान्सर जाँच निःशुल्क गरिने भएको छ ।

अस्पताल आएका बिरामी महिलाहरुलाई न्यूरोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट एक महिनासम्म दिने भएको छ । १७ फागुनदेखि लागू हुने गरि चैत १७ गतेसम्म गर्भवती हेरचाह प्याकेज अन्तर्गत ५० प्रतिशत छुटको न्यूरोले घोषाणा गरेको छ ।

यस्तै, नारी दिवसको अवसर पारेर न्यूरोले महिला क्रिकेट खेलाडीहरुलाई पोषाक पनि वितरण गर्नुको साथै विराटनगरमा जारी महिला क्रिकेट प्रतियोगितामा अस्पतालले मेडिकल पार्टनको भुमिका पनि खेलेको अस्पतलाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।