विराटनगर । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले शुभकामना सन्देश दिँदै असमानताको अन्त्यका लागि व्यवहारमा समानता अपनाउनुपर्नेमा जोड दिएकी छिन् ।
‘लैंगिक समानताका लागि हामी सबैको सोच व्यवहारमा पनि समानता झल्किनु पर्छ’, उनले जारी गरेको सन्देशमा उल्लेख छ, ‘राज्य तहबाटै सबैले प्रत्याभूत गर्ने गरि समान अवसर, समान सहभागीता र समान पहुँचको सुनिश्चितता गरिनुपर्छ ।’
उनले महिलाहरुको अवस्थालाई दृष्टिगत गरी निश्चित समयसम्म समावेशी समानुपातिक प्रणाली एवम् विशेषाधिकारको व्यवस्था हुनु उत्तिकै जरुरी रहेको पनि बताएकी छिन् ।
पोखरेलले श्रमिक महिला दिवसले समस्त नेपाली महिला दिदीबहिनीबीच आपसी सद्भाव र एकता कायम गर्नुका साथै लैंगिक समानता, महिला सशक्तीकरण र महिलाहरुको हकअधिकार प्राप्तीको अभियानमा एक ढिक्का भएर अघि बढ्न आव्हान पनि गरेकी छिन् ।
उपसभामुख पोखरेलले लामो समयपछि नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले लैंगिक समानताका साथै राज्यका सबै निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको स्मरण पनि गरेकी छिन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।