विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश १ को इन्चार्जमा राम कार्कीलाई तोकेको छ । यस्तै मोरङबाट २ जना नयाँ अनुहारसहित प्रदेश १ बाट ९ जना केन्द्रीय सदस्य समेत थप गरेको छ । माओवादीको केन्द्रीय समितिको बैठकले उनीहरुलाई मनोनित गरेको हो ।
मोरङबाट थपिने केन्द्रीय सदस्यहरुमा कुलप्रसाद साम्बा (कुशल) र जीवन आचार्य रहेका छन् । साम्बा मोरङ क्षेत्र नम्बर १ (१)बाट निर्वाचित प्रदेश सांसद हुन् भने आचार्य मोरङको बुढीगंगाका युवा नेता हुन् ।
केन्द्रीय सदस्यमा थप हुने अन्यमा दलित महिलाबाट अनिता परियार (सुनसरी), दलित महिला युवा सपना परियार(सुनसरी), खस आर्य महिलाबाट भेष कुमारी रावत (उदयपुर), करुणा बस्नेत (सोलुखुम्बु), जनजाती पुरूषमा कुशल लिम्बू (मोरङ), रज्जित तामाङ (झापा), जनजाती महिलामा दुर्गा राई, खस आर्य युवामा जीवन आचार्य (मोरङ), खेलप्रसाद बुढाथोकी (ताप्लेजुङ) रहेका छन् । यस्तै केन्द्रीय प्रतिनिधिहरुमा बाबुराम गौतम (ओखलढुंगा), खस आर्य पुरुष युवामा सुरेन्द्र बस्नेत (झापा) तथा प्रस्तावित केन्द्रीय प्रतिनिधिमा झलकसिंह दर्माली (झापा) रहेका छन् ।
इन्चार्जमा राम कार्की
माओवादीले प्रदेश १ को इन्चार्ज राम कार्कीलाई बनाएको छ । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।
प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउनेछन् भने ती कमाण्डले फेरि तल्लो तहसम्म अर्को कमाण्ड बनाएर चुनावी गतिविधिलाई सशक्त बनाउने माओवादीको तयारी छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।