लोड हुँदैछ...

मेनु

अस्पतालमा थुनिएको भालुलाई पाँच दिनपछि सुरक्षित वासस्थान फर्काइयो

अस्पतालमा थुनिएको भालुलाई पाँच दिनपछि सुरक्षित वासस्थान फर्काइयो

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको प्रसूति कक्षमा थुनिएको भालुलाई पाँच दिनपछि सोमवार सुरक्षित वासस्थानमा फर्काइएको छ। प्रसूति कक्षबाट चार दिनपछि उद्धार गरी डिभिजन वन कार्यालयमा लगेर फलामे खोरमा राखिएको थियो।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत गत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटरिनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा आएको टोलीले भालुलाई लठ्याउन सुइ लगाएर अस्पतालबाट डिभिवन वन कार्यालय परिसर पुर्‍याएको थियो।

तीन प्रकारका औषधि मिश्रण गरी भालुलाई बेहोस बनाएर अस्पतालबाट डिभिजन वन कार्यालय लैजान सफल भएको रिजालले बताए। प्रविधिकका अनुसार वयस्क भालु करिब ७० किलोग्राम तौल र पाँच फिट लम्बाइको रहेको छ।

गत बिहीवार बेलुकी अचानक अस्पताल परिसर प्रवेश गरेको भालुलाई अस्पतालका कर्मचारी र प्रहरी मिलेर प्रसूति कक्षको खाली कोठामा थुन्न सफल भएका थियो। डिभिजन वन कार्यालय ताप्लेजुङ र मातहतका सबडिभिजन कार्यालयमा वन्यजन्तु विशेषज्ञ नभएको अवस्थामा चितवनबाट प्राविधिक झिकाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।