काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरू भएको छ। पार्टीको पदाधिकारी चयन लगायतका विषयमा सहमति नजुटेपछि बैठक आज सम्मका लागि स्थगित भएको थियो।
महाधिवेशनको म्यान्डेट अनुसार पदाधिकारी चयनका लागि तयारी पूरा नभएको र संसद बैठक पनि परेकाले आइतबार बोलाइएको केन्द्रीय समिति बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
गत फागुन २० गतेबाट सुरू भएको केन्द्रीय समितिको आजको बैठकमा पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रिय सदस्यहरुको मनोनित गर्ने एजेन्डा तय गरिएको थियो।

