विराटनगर । पहाडी जिल्लाको तुलनामा अहिले विशेषगरी तराई र चुरे क्षेत्रमा गर्मी धेरै हुन थालेकाले गर्मीबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
चुरे र तराईका जिल्लामा अधिकतम तापक्रम ३० देखि ३१ डिग्री सेल्सियससम्म पुगिसकेको छ । विराटनगर, दीपायल, नेपालगञ्ज, भैरहवा, धरान, जनकपुर लगायत क्षेत्रमा तापक्रम बढ्दो छ ।
गर्मी महिना भर्खरै सुरु भएकाले यी क्षेत्रसहित देशभर नै अब तापक्रम बढ्दै जानेछ । गर्मीबाट बच्न दिउँसोको टन्टलापुर घाममा नहिँड्न र प्रशस्त पानी पिउन स्वास्थ्य विज्ञले सुझाव दिने गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।