लोड हुँदैछ...

मेनु

अस्पतालभित्र भालु पसेपछि खैलाबैला, प्रसूति गृहमै थुनियो

अस्पतालभित्र भालु पसेपछि खैलाबैला, प्रसूति गृहमै थुनियो

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालभित्र जङ्गली भालु प्रवेश गरेपछि सर्वसाधारण आतङ्कित बनेका छन् ।

अस्पतालको प्रसूति भवनभित्र हिंजो राति ११ बजेतिर कालो भालु एक्कासी भवनभित्र पसेको थियो । अस्पताल भवनभित्र पसेको भालुलाई अस्पतालको सुरक्षार्थ खटेका प्रहरी र अस्पतालका कर्मचारी भएर भित्रै थुन्न सफल भएका थिए ।

बजार क्षेत्रमै भालु प्रवेश गरेपछि सर्वसाधरण आतङ्कित बनेका छन् । हाल थुनिएको ठाउँबाट सामान्य अवस्थामा भालुलाई छोडेमा मान्छेलाई आक्रमण गर्नसक्ने भन्दै स्थानीय त्रसित भएका हुन । सो भालुलाई चिडियाखाना वा टाढा संरक्षित क्षेत्रमा पु¥याएर छोड्नुपर्ने सर्वसाधारणले बताउँदै आएका छन् । अस्पताल प्रवेश गर्ने बयस्क रुख भालु भएको स्थानीयले बताएका छन् । उता भालु कसरी अस्पताल परिसरभित्र प्रवेश ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले प्रसूति भवनको पछाडिपट्टिको ढोका खुल्ला भएको र प्रसूति कक्षमा कोही पनि सेवाग्राही अर्थात प्रसूति सेवा लिनेहरु नभएकाले भालु भित्र पसेको हुनसक्ने बताइन् । जिल्ला अस्पतालको प्रसूति भवनमा छिरेको भालुलाई उद्दार तथा व्यवस्थापन गर्ने विषयमा पहल भइरहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।

प्रजिअ पोखरेलले निकुञ्ज विभागसँगै भालु विशेषज्ञ समेतसँग आफूले सम्पर्क गरेको र भालुको स्वभाव साथै गतिविधि हेरेर त्यसै छोड्न सकिने वा बेहोस बनाउने सुई लगाउनुपर्नेमध्ये एक प्रक्रिया अपनाएर व्यवस्थापन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।