लोड हुँदैछ...

मेनु

विपन्नताका कारणले मानवअधिकार उल्लङ्घन

विपन्नताका कारणले मानवअधिकार उल्लङ्घन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानवअधिकार उल्लंघनको प्रमुख कारण गरिवी भएको बताएका छन् ।

मानव अधिकार आयोगको आयोजनामा आजदेखि विराटनगरमा सुरु मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले गरिवी र जातीय तथा लैङ्गिक विभेद अन्त्य नभएसम्म मानवअधिकार पूर्णरुपमा कार्यान्वयनमा आउन नसक्ने बताए ।

‘जब मानिसलाई धनी र गरिवको बराबरी बनाउन सकिँदैन तबसम्म मानवअधिकारको पूर्ण पालना हुन सक्दैन । मानिसलाई धनी बनाइएन भने गर्भदेखि नै बच्चाले पौष्टिक आहार पाउँदैन’, राईले भने ।

उनले सरकार सुतरमुर्गजस्तो टाउको लुकाएर नबसेको बताउँदै काम गर्न चाहेको बताए । तर त्यसका लागि सरकारको आफ्नो सिमीतता र सीमाहरु रहेकोकारण पनि मानवअधिकारको रक्षामा कतै असन्तुष्टिहरु पैदा हुने गरेको उनले बताए । ‘प्रहरीलाई, अपराध नियन्त्रण गर्ने चाहना छ तर प्रहरीको संख्या कम छ, सरकारले उपलब्ध गराएको साधन स्रोत कम छ, आवधिक अवस्थामा छौं, हामीसँग सीमितता छ । त्यसकारण अहिले नै पूर्णरुपमा व्यवस्थापन गर्न सक्दैनौं ।’

उनले मुलुकमा संघीयताको पहिलो अभ्यास भइरहेकाले जानताको अपेक्षा अनुसार काम गर्न नसकेको बताए । सोचेजति काम नभएपनि संघीय व्यवस्था खराव नभएकोले नकारात्मक मात्र हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा प्रदेश एक प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेलले मानव अधिकार र संविधानको कार्यान्वयन गराउने राज्यको मात्रै दायित्व नभएर मानव अधिकार रक्षकको पनि उत्तिकै भूमिका हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।