विराटनगर । मोरङ बुढीगंगाको प्रिमियर वायर्स अगाडिको सडकमो भेटिएको बम सेनाले निष्क्रिय पारेको छ ।
मोरङका प्रहरी प्रवक्ता डिएसपी मञ्जील मुकारुङका अनुसार आज साँझ शंकास्पद अवस्थामा भेटिएको उक्त बम नेपाली सेनाको टोलीले अवेर निष्क्रय पारेको हो ।
मुकारुङले बम राख्नेको खोजी भइरहेको बताए । यद्यपि अझैसम्म बम कसले राखेको हो भन्ने कुराको भने पुष्टि नभएको उनको भनाइ छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।