विराटनगर । प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको व्यवस्थापनमा विशेष भुमिका निर्वाह गर्न अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) लाई अनुरोध गरेका छन्। आप्रवासी नागरिक, मानव बेचविखनमा परि उद्धार गरिएका लगायत जोखिमपूर्ण अवस्थाका नागरिकलाई सशक्तिकरण गर्न र उनिहरुको सामाजिक सुरक्षामा ध्यान दिन उक्त संगठनलाई आग्रह गरेका हुन् ।
बुधबार मन्त्रालयमा भएको एक छलफलका क्रममा संगठनका प्रतिनिधिहरु संग यस्तो आग्रह गरेका हुन् । यहाँ रहेका आप्रवासी लगायत जोखिम अवस्थाका नागरिकको शिप र क्षमताको विकासमा आफ्नो मन्त्रालयले समेत आवश्यक समन्वयका साथ काम गर्ने बताए । एक नम्बर प्रदेशमा आप्रवासीको संख्यामा धेरै रहेको र यहाँबाट समेत रोजगार लगायतका लागि बाहिरी मुलुकमा जाने क्रम बढ्दो रहेकाले उनिहरुको सामाजिक सुरक्षा र श्रमलाई व्यवस्थित बनाउन आवस्यक रहेकोमा उनको जोड छ ।
आप्रवासी कामदारहरु ठगिने, दुव्र्यवहारमा पर्ने, महिला कामदारहरु शोषणमा पर्ने एवम बेचविखनमा समेत पर्ने भएकाले यस्ता समस्याको हल हुने गरि प्रभावकारी ढंगबाट काम गर्न आवश्यक देखिएको बताए । उक्त संगठनका प्रतिनिधिले समेत प्रदेश सरकारले आफ्ना गतिविधिमा विशेष सहयोग गर्नेमा विस्वास व्यक्त गरेकाछन् । अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले २००७ देखि आप्रवासी नागरिकको सामाजिक सुरक्षा, उनिहरुको श्रम व्यवस्थापन गर्ने लगायतका काम गर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।