विराटनगर । हिन्दू धर्मावलम्बीहरुको सहजताका लागि अब अनलाईन कक्षाबाटै नेपाली भाषामा गीता पढाइ हुने भएको छ ।
गीता परिवार नेपालका उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक घनश्याम राठीका अनुसार घर मै बसेर गीताको नेपाली भाषामा पढाइ हुने भएको हो ।
‘सहज एवम् शुद्ध रूपले गीता पढ्न सिकाउने अनलाइन कक्षा निःशुल्क संचालन भइरहेकाले ढिलो नगरी आ–आफ्नो मोबाइलमा फारम भर्न सकिन्छ,’ राठीले भने, ‘अहिलेको सन्दर्भमा गीताको सान्दर्भीकता अझै बढेको र यसको प्रचार प्रसार गर्न आवश्यक ठानेर कक्षा सुरु भएको हो ।’
गीता नेपाली भाषामा अध्ययन गर्नका लागि www.reg.learngeeta.com सर्च गरेर त्यहाँ रहेको फारम भरेर वाट्सअप ग्रुपमा ज्वाइन हुन सकिने राठीले बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।