लोड हुँदैछ...

मेनु

धरानको होटलमा मृत भेटिएकी सुमित्रा सँगै बस्ने पुरुषको पहिचान खुल्यो

धरानको होटलमा मृत भेटिएकी सुमित्रा सँगै बस्ने पुरुषको पहिचान खुल्यो

विराटनगर । धरान-१८ बुद्धचोक स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत भेटिएकी सुमित्रा तामाङ सँगै कोठामा बस्ने पुरुषको पहिचान भएको प्रहरीले जनाएको छ।

बुधवार साँझ सम्म गरिएको खोजतलास तथा अनुसन्धानबाट महिलासँगै होटलमा बस्न आएका ती पुरुषको सम्पूर्ण जानकारी प्रहरीले पाउन सफल भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । प्रहरीले ती पुरुषको बारेमा सम्पूर्ण विवरण पाइसकेको भए पनि को हो भनेर प्रहरीले बताएको छैन ।

डिएसपी कुँवरले भने, ‘अपराधीको पहिचान भइसक्यो अव प्रहरीले सर्च एण्ड एरेष्ट अप्रेसन सुरु गरेको छ, यो अप्रेसनले अभियुक्तलाई पक्राउ गरी चाडै सार्वजनिक गर्नेछौ ।’

मंगलबार बिहान सुमित्रा तामाङ मृत फेला परेकी थिईन भने उनको अनुहार र शरीरका अरू भागहरूमा पनि घाउ चोट देखिएको थियो । सँगै बसेका युवा भने फरार भएका थिए । मृतकको छोरा र छोरी आएर सनाखत गरेपछि मृतकको बुधवार पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

मृतक सुमित्रा तामाङको स्थायी ठेगाना पाँचथरको मिक्लाजुङ-१ हो भने उनका श्रीमान् पूर्व भारतीय सेना रहेको र हाल ब्रुनाईमा कार्यरत रहेका छन् । उनी इटहरी -५ को तुलसा टोलमा ४-५ वर्ष देखि बस्दै आएको बताइएको छ ।

तस्वीर : खेमराज देवान

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।