विराटनगर । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि प्रतिनिधि सभाको बैठक पहिलो पटक आज दिउँसो १ बजे बस्न लागेको हो । गत आइतबार संसदबाट एमसीसी अनुमोदन भएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्नेछन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।