लोड हुँदैछ...

मेनु

कांग्रेसद्वारा जेष्ठ नागरिकलाई सम्मान

कांग्रेसद्वारा जेष्ठ नागरिकलाई सम्मान

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका–१३ नम्बर वडा समितिले वडामा क्रियाशिल सदस्य एवं जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

स्थानीय सौगात वचत तथा ऋण सहकारी संस्थाको भवनमा सम्पन्न भएको उक्त कार्यक्रममा १ सय २९ जना क्रियाशिल सदस्य तथा जेष्ठ नागरिकहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा ८७ वर्षीय चन्द«प्रसाद सापकोटा तथा ८१ वर्षीय रणबहादुर थापा मगर रहेका छन् ।

आउँदो स्थानीय चुनावलाई केन्द्रित गरि कार्यकर्ताबीच चियापान तथा छलफल कार्यक्रम गरेको वडा सभापति तारानाथ तिम्सिनाले बताए । सो अवसरमा १३ नम्बरमा टोल समितिसमेत तीव्र बनाउँदै लैजाने निर्णय भएको उनले बताए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला उपसभापति नागेश कोइराला, विशिष्ट अतिथि महासमिति सदस्य दिलिप पोखरेल, अतिथिहरू नेपाल ट्र्ेड युनियन प्रदेश १ का अध्यक्ष नारायणबाबु कार्की, नगरसचिव झुमा निरौला, सदस्य केशव सापकोटा, अम्बिका अर्याल खड्का, सदानन्द महतोलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आउँदो स्थानीय चुनावमा कांग्रेसलाई १ नम्बर पार्टीको रूपमा ल्याउन आफ्ना सदस्यलाई अध्यक्ष कार्कीले आव्हान गरेका थिए । कांग्रेस सैद्धान्तिक रूपमा मात्र नभइ व्यवहारिक रूपमा समेत मजबुद हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।