विराटनगर । उदयपुरकोत्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले एमसीसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपति जो वाईडेनको पुतला दहन गरेका छन् । प्रदर्शनकारीहरूले मुख्य सडक अवरुद्ध पार्दै एमसीसी खारेजीको माग राखेका छन् ।
त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट प्रदर्शन गर्दै गाईघाट बजार परिक्रमापछि मेन चोकमा कोण सभापछि अमेरिकी राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।

