काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगको प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
महाभियोगको प्रस्ताव असंवैधानिक भएको दावी सहित अधिवक्ताहरु डा। पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
निवेदनमा जबरामाथिको महाअभियोग प्रस्ताव खारेज गर्न र जबरालाई पदमा बहाल गराउन अन्तरिम आदेश माग भएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।