काठमाडौं । आज बस्ने भनिएको संसद बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।
बैठक स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बैठक स्थगित भएकोबारे संसद सचिवालयले केहीबेरमा सूचना जारी गर्दैछ ।
आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको थियो ।
शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने प्रयास जारी छ ।आज पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने विषयमा भेटवार्ता छलफल भएको थियो

