विराटनगर । संघीय सरकार र संसदमा राजनीतिक पार्टीहरुबीच एमसीसीको पक्ष र विपक्षमा चर्को बहस भइरहँदा विराटनगरमा सो विषयमा जनमतसंग्रह भएको छ ।

माओवादी केन्द्रनिकट अनेरास्वविु क्रान्तिकारीले गरेको जनमत संग्रहमा मत जाहेर गर्ने २ सय २५ मध्ये १ सय ६९ जनाले विपक्षमा मत जाहेर गरेका छन् । स्थानीयलाई दिइएको मतपत्रमा यथास्थितिमा एमसीसी पास गर्ने एउटा कोठा र पास नगर्ने भन्ने अर्को कोठामा आफूलाई मन लागेको मत जाहेर गर्न अनुरोध गरिएको थियो ।

मतदानमा सहभागीहरुमध्ये १६९ जनाले यथास्थितिमा एमसीसी पास नगर्ने मत जाहेर गरेको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्त ताजिम अन्सारीले बताए । यस्तै यथास्थितिमा एमसीसी पास गर्नुपर्छ भन्ने २७ जनाले मत जाहेर गरेका थिए । २९ मत बदर भएको छ ।
यथास्थितिमा एमसीसी पास नगर्न राजनीतिक दल र सरकारलाई दबाब दिने उद्देश्यले जनमतसंग्रह गरिएको विद्यार्थी नेता जिसस न्यौपानेले बताए ।