लोड हुँदैछ...

मेनु

गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड

गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

आज नेकपा(माओवादी केन्द्र)को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । राजनीतिक परिवर्तनहरुलाई कमजोर पार्ने खतरा बढिरहेको उनको भनाइ छ ।

उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्नेचाहिँ सत्य नभएको स्पष्ट पारे उनले भने, ‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रुपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिँ होइन ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।