लोड हुँदैछ...

मेनु

खोटाङको दिक्तेल क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान

खोटाङको दिक्तेल क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान

विराटनगर । एमाले निकट अनेरास्ववियु खोटाङले स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनको नमुना मतदान गरेको छ ।

लामो समयदेखि हुन नसकेको स्ववियुको निर्वाचनका विषयमा विद्यार्थीको मत सर्वेक्षणका लागि अनेरास्ववियुले दिक्तेल बहुमुखी क्याम्पसमा आज नमुना मतदान गरेको हो ।

नमूना मतदानमा २७८ मत खस्दा २१८ मत स्ववियु निर्वाचनको पक्षमा खसेको छ । यस्तै, स्ववियु निर्वाचनको विपक्षमा ४७ मत खसेको छ । १३ मत बदर भएको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले बताए ।

हरेक त्रिभुवन विश्व विद्यालयमा तत्काल स्ववियु निर्वाचन गर्नुपर्ने पक्षमा दबाब सिर्जना गर्नका लागि अनेरास्ववियुले नमुना मतदान गरेको हो ।

लामो समयदेखि त्रिवि र मातहतका क्याम्पसमा स्ववियु रिक्त हुँदा क्याम्पसमा स्वेच्छाचारिता बढेको, विद्यार्थी र क्याम्पसबीच पुलको काम गर्ने संयन्त्रको अभावमा विद्यार्थीले समस्या झेल्नु परेकाले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने अनेरास्ववियुका अध्यक्ष संग्रामले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।