काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो ।

एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरु बिभाजित हुँदा कूटनीतिक क्षेत्रमा असर परेको बेला एमसीसीमा उपयुक्त विकल्प खोज्न यो बैठकबाट प्रयास गरिने नेताहरुले बताएका छन् ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव पेश गर्ने सरकारको तयारी छ ।