पथरीशनिश्चरे । नेकपा (एकीकृत समाजवादी) पथरीशनिश्चरे–८ को वडा कमिटी गठन भएको छ। पूर्व जनप्रतिनिधिसमेत रहेका सुकबहादुर खजुमको अध्यक्षतामा शनिबार १९ सदस्यीय कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा मुना परियार, सचिव नारायण पाण्डे, तथा उप सचिव बल बहादुर विक रहेका छन् ।
यसैगरी, सोही कमिटीका सदस्यमा क्रमशः नरबहादुर खजुम, रामबहादुर मगर, तुलसीप्रसाद खतिवडा, सुवास लिम्बू, मञ्जु कट्वाल, गंगा माया विक, अमरबहादुर तामाङ, अम्विका आचार्य, यामबहादुर खड्का, चन्द्र जोगी, पहलमान पराजुलीलगायत रहेका छन् ।
वडा भेलामा संविधान सभाका सभासद तथा दलका मोरङ्ग जिल्ला कमिटीका उपाध्यक्ष चण्डीप्रसाद राईले नेकपा (एकीकृत समाजवादी)ले सर्वहारा वर्गका जनताहरूको लागि काम गर्ने र न्याय दिनसक्ने भन्दै आगामी चुनावमा कलम चिन्हमा अत्याधिक मत दिएर जिताउन समेत आग्रह गरे ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य टंक भण्डारीले नेकपा एमाले भारतमुखी दक्षिणपन्थी भएको आरोप लगाउँदै आदिवासी जनजाति, निम्न वर्गीय किसान तथा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरूलाई वर्तमान गठबन्धनको सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी)को पहलमा मात्र लालपूर्जा वितरण गर्न सक्ने जिकिर गरे ।
भेलामा प्रदेश कमिटी सदस्यहरू क्रमशः मानबहादुर लिम्बू, टंक भण्डारी, जिल्ला कमिटीका सदस्य अरूण तामाङ, पदम पाण्डे, नगर कमिटीका अध्यक्ष तुलसीराम ढकाललगायतको उपस्थिति थियो । सोहि अवसरमा संघीय लिम्बुवान पार्टी नेपाल नेपालको मोरङ्ग जिल्ला उपाध्यक्ष राज पयाङ लिम्बूले पार्टी परित्याग गरी नेकपा (एस)मा प्रवेश गरेका छन्।
नवप्रवेशी तथा वडा कमिटीका पदाधिकारीहरुलाई संविधान सभाका सभासद चण्डीप्रसाद राई, नेताहरू मान बहादुर लिम्बू, टंक भण्डारीलगायतले स्वागत गरेका थिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।