लोड हुँदैछ...

मेनु

गठबन्धन बैठकअघि मन्त्रिपरिषद् बस्दै

गठबन्धन बैठकअघि मन्त्रिपरिषद् बस्दै

विराटनगर । गठबन्धनको बैठक बस्नु अघि मन्त्रीपरिषदको बैठक बस्ने भएको छ। गठबन्धनको बैठक आज साँझ पाँच बजे बस्दै छ त्यसअघि मन्त्रीपरिषदको बैठक दिउँसो २ बजे बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ ।

आजको बैठकमा एमसीसी सम्झौताबारे विशेष छलफल हुने काँग्रेसका एक मन्त्रीले जानकारी दिए । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढाए सरकार छोड्ने निर्णय गरिसकेको छ । तर प्रधानमन्त्री र काँग्रेसका मन्त्रीहरु भने जसरी पनि एमसीसी अघि बढाएरै छोड्ने मनस्थितिमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।