लोड हुँदैछ...

मेनु

एमालेले संसद अवरोध जारी राख्ने

एमालेले संसद अवरोध जारी राख्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरोधलाई जारी राख्ने भएको छ। एमालेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिष्कार गर्ने जनाएको छ।

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै आएको छ। एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।