काठमाडाौं । नेपाली काँग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ । एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नेपाली काँग्रेसको बैठक सुरु भएको हो । भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारीका बीच काँग्रेसले संसदीय दलको बैठकमा छलफल थालेको छ ।
सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालयमा दर्ता गराइएको प्रधानन्यायाधीशविरुद्ध चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावपछिको विकसित घटना क्रमबारे पनि बैठकमा छलफल भइरहेको छ । सोमबार बसेको सर्वदलीय बैठकले संसद खुलाउन पहल गर्ने निर्णय गरेको थियो । यश विषयमा पनि काँग्रेस बैठकमा छलफल भइरहेको काँग्रेस संसदीय दलकी सचेत पुष्पा भुसालले बताइन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।