काठमाडौं । नेपाली कांग्रेसले बाँकी रहेका १६ जिल्लाको अधिवेशन आउँदो फागुन १३ मा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठकले आज शुक्रवार यो निर्णय गरेको हो ।

मधेसका आठसहित १६ जिल्लामा फागुन १३ भित्र सम्पन्न गर्ने तयारी रहेको कार्यालयका सचिव केशव रिजालले निकाल्नुभएको विज्ञप्तिमा जनाइएको छ ।सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेस जिल्ला अधिवेशन हुन बाँकी रहेको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण कांग्रेसले यी जिल्लामा अधिवेशनको मिति सार्दै आएको थियो ।