झापा । झापाको मेचीनगर नगरपालिकामा चार दलीय गठबन्धनले नेकपा एमाले विरुद्ध मोर्चा बन्दी गरेर अघि बढ्ने निर्णय गरेका छन् । पालिकामा हरेक विषयलाई साझा मुद्दा बनाउँदै अगाडि बढ्ने निर्णय गरेका हुन् ।

नेकपा माओवादी केन्द्र मेचीनगरको नगर पार्टी कार्यालय इँटाभट्टामा बसेको संयुक्त बैठकमा आगामी निर्वाचनमा सहमति गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।

मेचीनगरका चार दलीय गठबन्धनले सहमति गरेर अघि बढ्ने विषयमा एकमत भएको नेकपा माओवादी केन्द्रका नेता कृष्ण कौशल सिटौला जानकारी दिए ।

पालिकाको साझा मुद्दा र आगामी निर्वाचनमा गठबन्धन एक ढिक्का भएर अघि बढ्ने सहमति गरेको नेकपा एकिकृत समाजवादी पार्टीका नेता विपी भट्टराईले बताए ।

बैठकमा नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, मेचीनगर उपाध्यक्ष चेतराज विष्ट, काँग्रेसका क्षेत्रीय प्रतिनिधि भोला खनाल, जसपाका नगर सचिव सरोज श्रेष्ठ, माओवादी केन्द्र नगर सचिव ज्ञानेन्द्र घिमिरेलगायत सहभागि थिए ।