काठमाडौं ।नेपाली काँग्रेसका पदाधिकारीबीच आन्तरिक छलफल हुँदैछ । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथिआज दिउँसो २ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल हुन लागेको हो ।
हिजो सभापति बाहेक पदाधिकारीहरुबीच भ्रातृ तथ शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी र स्थानीय तह निर्वाचनको तयारीका विषयमा पार्टी कार्यालय सानेपामा छलफल भएको थियो ।
आज सभापतिको उपस्थितिमा उक्त विषयमाथि थप छलफल हुन लागेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘हिजोको छलफलमा सभापतिज्यू सहभागी हुनुहुन्थेन । हिजो छलफल भएका विषयको जानकारी गराउन २ बजे हामी बालुवाटार जाँदैछ । त्यसमा थप छलफल हुन्छ ।’

