काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति हुने बताएका छन् ।
आज ललितपुरको खुमलटारमा रहेको आफ्नै निवासमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ लगायतलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले तत्कालीन कार्यनीति पछाडि दीर्घकालीन रणनीति हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताएका हुन् ।उनले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एकठाउँमा हुनुको कुनै विकल्प नरहेको पनि बताए ।
परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली नागरिकको भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्ति एकजुट हुन आवश्यक भएको उनको भनाई छ । यस्तै, अध्यक्ष प्रचण्डले देशभित्र र देशबाहिरका प्रतिक्रियावादीले माओवादीलाई सखाप पार्न सकिन्छ भनेर लागि परेको पनि आरोप लगाए । साथै उनले माओवादी छाडेकाहरुलाई फर्किन पनि आग्रह गरे।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।