भोटखोलाबाट सुत्केरीको उद्धार

संखुवासभा । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट सुत्केरीको उद्धार गरिएको छ ।

सुत्केरी हुन नसकेकी भोटखोला–२ लिङ्गमकी २८ बर्षीया चिप्प याङ्जम भोटेको हेलिकप्टर मार्फत उद्धार गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । सुत्केरी भोटेको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत भोटेलाई कार्कीलाई उद्धार गरिएको हो ।

सुत्केरी हुन हटिया स्वास्थ्य चौकी आएकी भोटेको हटियामा उपचार हुन नसकेपछि बुधबार साँझ थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको प्रजिअ खतिवडाले बताए । सुत्केरी भोटेको हटिया स्वास्थ्य चौकीमा भिडियो एक्सेर गर्दा बच्चा उल्टो र असहज अवस्था देखिएपछि थप उपचारका लागि काडमाडौं पठाइएको भोटखोला गाउँपालिका स्वास्थ्य सह–संयोजक स्टाफ नर्स अमृता तामाङले जानकारी दिइन् ।

भिडियो एक्सेर गर्दा आमा र बच्चा दुबैको अवस्था गम्भीर देखिएकाले तत्काल अप्रेसन गर्नु पर्ने अवस्था रहेको र जिल्लामा उपचार नहुने भएपछि काडमाडौं रेफर गरिएको तामाङले बताइन् ।

संखुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हालसम्म आधा दर्जन सुत्केरी महिलाको उद्धार गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागि बच्चा जन्माउन कठिनाई भएका, गर्भमा नै बच्चाको मुत्यु भएमा र सुत्केरी पश्चात अत्याधिक रक्तश्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ ।

फाइल तस्बिर

बिहिबार, २९ पुष, २०७८, साँझको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर