विराटनगर । मोरङको लेटाङ नगरपालिका– २ फँडानीमा एक जना वृद्धाले मित सालाको हत्या गरेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका २ का ५५ वर्षिय प्रेम बहादुर बुढाथोकीको हत्या भएको हो ।
हत्या आरोपमा प्रहरीले सोमबार राति लेटाङ नगरपालिका २ फडानीका ७० वर्षिय डम्बर बहादुर भुजेललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । मदिराको नशामा लठिएका भुजेलले सोमबार राती मिल सालो पर्ने बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ । बुढाथोकी दुई दिन अगाडी मित भिनाजु पर्ने भुजेलको घरमा आएका थिए । उनीहरु दुवै जना सोमबार दिउँसोदेखि मदिरा सेवन गर्दै आएको स्थानियले बताएका छन् । राती भएपछि एक आपसमा झगडा गरेपछि आभेगमा आएर बन्चरो प्रहार गरेर हत्या गरेको प्रराम्भिर चरणको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए ।
प्रहरीका अनुसार बुढाथोकीको शव भुजेलको आँगननजिकै भेटिएको थियो । बेलुका घरबाट शव घिसारेर बाँसघारीसम्म लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुढाथोकीको टाउकोमा बन्चरोको पछाडिपट्टिको भागले हानेको जस्तो देखिन्छ ।
मदिरा सेवनपछि उनीहरूबीच विवाद भएको र विवादपछि बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । हत्या आरोपमा पक्राउ परेका भुजेललाई इलका प्रहरी कार्यालय लेटाङले पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

