ग्रामथान । नेपाल रेडक्रस सोसाइटी झोराहाट उप शाखाको आइतबार सम्पन्न अधिवेशनले अशोक लुइटेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
अधिवेशनबाट उप–सभापतिमा शकुन्तला मण्डल, सचिवमा ऋषिराज दाहाल, सह–सचिवमा लक्ष्मीप्रसाद गुरागाई र कोषाध्यक्षमा यादव खतिवडालाई निर्वाचित गरेको छ । यसैगरी सह– कोषाध्यक्षमा चुडामणि बास्तोला, निर्वाचित भएका छन् ।
अधिवेशनले महिला सदस्यमा मुना लुइटेल, सदस्यहरूमा श्यामकुमार सरदार, रामप्रसाद न्यौपाने, डिवनाथ खतिवडा, दिनेशकुमार खाँ सहितको कार्यसमिति निर्वाचित गरेको हो ।
रेडक्रस उप–शाखाले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, लगायतका सामाजिक गतिविधि गर्दै आएको छ ।

