प्रधानमन्त्री देउवाले सबै मन्त्रालयका सचिवसँग छलफल गर्दै

काठमाडौं ।आज प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री देउवाले मन्त्रालयका सचिवहरुसँग अपराह्न ३ बजे सिंहदरबारमा छलफल गर्न लागेका हुन् ।

अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय गौरवका आयोजनाका काम, अन्तर मन्त्रालय समन्वय लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

बुधबार, २१ पुष, २०७८, बिहानको ११:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर