काठमाडौं । मौसममा आएको खराबीका कारण तराई क्षेत्रका विमानस्थलमा हवाइ उडान ठप्प भएको छ ।
जनकपुर, विराटनगर, भैरहवा, सिमरा, नेपालगञ्ज लगायतका तराई क्षेत्रका विमानस्थलमा हुने उडान ठप्प रहेको विमानस्थल कार्यालयहरुले जनाएका छन् ।
काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने एक दर्जन भन्दा धेरै उडान हुन सकेका छन् ।
पूर्वी तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने पश्चिम तराईमा मौसम बदली भएर पानी पर्न थालेको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!