काठमाडौं । ए डिभिजन लिगमा आज शुक्रवार भएको पहिलो खेलमा सशस्त्रको एपीएफ क्लब र विभागीय त्रिभुवन आर्मीले बराबरी खेलेका छन् ।त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको भएको खेलमा एपीएफ र आर्मीले एक–एक गोलको बराबरी खेलेका हुन् ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६३ औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर आर्मीको त्यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको ६७ औँ मिनेटमा एपीएफका विकी तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए ।
आज बराबरी सकिएको खेलमा दुवै टोलीले एक–एक अङ्क पाएका छन् । योसँगै आर्मी सात खेलमा ११ अङ्कसहित तालिकाको चोथौ स्थानमा रहेको छ । उति नै खेल खेलेको एपीएफ ६ अङ्कसहित ११ औँ स्थानमा उक्लिएको छ ।