मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

विराटनगर । गुरुङ जातिको महान चाड तमु ल्होसारको सुखद अवसरमा प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ(तमु) समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

गुरुङ जातिले नयाँ वर्ष सुरुआतको रुपमा मनाउने तमु ल्होसार पर्वमा दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा खाना खाने, मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने र परम्परागत जातीय भेषभूषा लगाउने चलन छ ।

सांस्कृतिक विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको भन्दै मुख्यमन्त्री राईले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

नेपालीले मनाउने सबै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्दै उनले यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्नुपर्ने धारणा व्यक्त गरेका छ्न ।

पुस १५, २०७८, दिउँसोको १२:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर