सरकारले सेन्ट्रल जोन भलिबलको विजेता टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने

विराटनगर । सरकारले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको राष्ट्रिय महिला टोलीका सदस्यलाई पाँच लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई पाँचरपाँच लाख रुपैयाँ, प्रशिक्षकलाई तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीलाई नगद पुरस्कार दिने प्रस्ताव युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गरेका थिए ।

बङ्गलादेशको ढाकामा मङ्गलवार भएको फाइनलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै उपाधि जितेको थियो । उपाधि विजेता नेपाली टोली भोलि आज नेपाल फर्कनेछ ।

बिहिबार, १५ पुष, २०७८, बिहानको ११:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर